चुनावी चहलपहल : भोलि कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८२, आइतबार

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ। आगामी निर्वाचन, सरकार संचालन र नयाँ गठबन्धन विषयमा छलफल गर्न प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेर बहादुर देउवाले केन्द्रीय कार्य समितिको बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

हिजो बुधबार नेपाली कांग्रेस सहित संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा, राप्रपा प्रजातान्त्रिक र राजपाले ७ सदसीय लोकतान्त्रिक गठबन्धन निर्माण गरेका छन्।