राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो बनाउनुपर्नेमा पूर्व राजा शाहको जोड | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८१, मंगलबार

राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो बनाउनुपर्नेमा पूर्व राजा शाहको जोड

काठमाडाैं, २७ पुष । पूर्वराजा ज्ञानेन्द्र शाहले एकताको गाँठो बलियो पार्नु पर्नेमा जोड दिनु भएको छ । २९९ औं पृथ्वी जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो बनाउनुपर्ने बताउनुभएको हो ।

शन्देशमा शाहले अहिलेको राजनीति कति इमान्दार, राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ भन्ने समीक्षा हुन बिलम्ब भइसकेको जनाउनुभएको छ । उहाँले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पुरा गर्ने वा अवान्छित क्रियाकपाल भित्रिएको आम नेपालीले महसुश गरेको शन्देशमा उल्लेख गर्नुभएको छ ।

जनताको चाहना अनुसार शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह नगरेर संवैधानिक राजतन्त्रको भूमिकामा बसेको र राजगद्दिसम्म त्यागको इमान्दारिता दर्शाएको शन्देशमा उल्लेख छ । पूर्व राजा शाहले अहिलेको समयमा आफु देश कसरि जोगाउन सकिएला भन्ने चिन्ताग्रस्ता अवस्थामा भएको पनि जनाउनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);