नेपाल समूहले सर्लाहीका प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाए | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

नेपाल समूहले सर्लाहीका प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाए

सर्लाही ,२४ पुष। प्रचण्ड(नेपाल समूहले राष्ट्र समक्ष माफी माग्दै प्रतिनिधि सभा सुचारु गर्न माग गर्दै आज(शुक्रबार)सर्लाहीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

प्रचण्ड(नेपाल समूहको जिल्ला संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई बुझाएको ज्ञापनपत्रमा प्रधानमन्त्री केपी ओलीले गत पौष ५ गते नेपालको संविधानको ठाडो उलंघन गरि असंवैधानिक ,अलोकतान्त्रिक एवं स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदम प्रति घोर विरोध र भत्सर्ना गरिएको छ ।

ठुलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेको ऐतिहासिक राजनैतिक परिवर्तन ,संघीय लोकतान्त्रिक गणतन्त्र तथा नेपालको संविधानको रक्षा गर्न वर्तमान असंवैधानिक कदम तथा सवै प्रकारको प्रतिगामी षड्यन्त्रलाई असफल पार्न र त्यसको लागि जस्तोसुकै संघर्ष गर्न नेपाली जनता सक्षम रहेको संघर्ष समितिले ज्ञापनपत्र मार्फत चेतावनी दिएका छन् ।

संघर्ष समितिले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार नदिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई संविधानको सम्बन्धित धाराको पुनः अध्यन गर्न ज्ञापनपत्र सँगै सो धाराको प्रति समेत पठाएका छन् ।

ज्ञापनपत्र मार्फत प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमका निम्ति पश्चातापका साथ राष्ट्रका सामु क्षमायाचना मागेर प्रतिनिधि सभा सुचारु गरि संविधानलाई क्रियासिल बनाउने पक्षमा आउन अनुरोध गरिएको छ ।

हामी उहाँलाई सच्चिने अवसर प्रदान गरेका छौं ,जिल्ला संघर्ष समितिका संयोजक रेवती पन्तले बताउनुभयो ।ज्ञापनपत्र बुझाउन निवर्तमान मन्त्री रामेश्वर राय यादव लगायत निवर्तमान प्रतिनिधि सभा सांसद,प्रदेश सांसद तथा संघर्ष समितिका सदस्यहरु आज दिउँसो सर्लाहीका प्रमुख जिल्ला अधिकारी पौडेलको कार्यकक्षमै पुगेका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);