हरिवनमा आगलागीका कारण करोडौंको क्षति | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

हरिवनमा आगलागीका कारण करोडौंको क्षति

श्याम गुप्ता, बारा, १७ पुष । सर्लाहीको हरिवनमा आगलागी हुँदा करोडौं मूल्य बराबरको धनमाल क्षति भएको छ । जिल्लास्थित हरिवन नगरपालिका वडा नं ११ बजारमा बिहीबार राति करिब १२ बजेको समयमा आगलागी भएको हो ।

विद्युत सर्ट सर्किटका कारण आगलागी हुँदा बजारमा अवस्थित पाँच पसल जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

राति १२ बजेबाट भएको आगलागीका कारण हरिवन बजारस्थित रोहित किराना पसल, मोहन फेन्सी स्टोर, सुमित्रा गल्ला भण्डार, लक्ष्मी गल्ला भण्डार र ढुङ्गाना बाजेको डोरीको पसल जलेर पूर्णरूपमा नष्ट भएको हो ।

हरिवन नगरपालिकाबाट आएको वरूण यन्त्र, स्थानीय बासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा तीन घण्टाको प्रयासमा आगोलाई नियन्त्रणमा लिइएको प्रत्यदर्शीले बताएका छन् ।

रोहित किराना पसलमा रहेको दाल, चामल, चिनी, नुन, तेल, चिउरा, घ्यू लगायतको ५० लाख रूपैंयाँ मूल्य बराबरको दैनिक उपभोग्य वस्तुहरू नष्ट भएको प्रोपाइटर मनोज साहले जानकारी दिनुभयो ।

त्यस्तै, सुमित्रा गल्ला भण्डार र लक्ष्मी गल्ला भण्डारमा रहेको करिब ६५ लाख रूपैंयाँ मूल्य बराबरको दैनिक उपभोग्य बस्तुहरू पनि जलेर नष्ट भएको बताइएको छ ।
यस्तै मोहन फेन्सी स्टोरमा रहेको करिब २५ लाख रूपैंयाँ मूल्य बराबरको रेडिमेड कपडाहरू जलेर नष्ट भएको छ । ढुङ्गाना बजेको डोरीको पसलमा रहेको ५ लाख रूपैयाँ मूल्य बराबरको सम्पत्तिमा क्षति पुगेको बताइएको छ ।

आगलागी हुनुको कारणबारे भने अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);