राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने सदस्यलाई स्वास्थ्य सुरक्षा अपनाउन अपिल : अध्यक्ष तिमिल्सिना | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने सदस्यलाई स्वास्थ्य सुरक्षा अपनाउन अपिल : अध्यक्ष तिमिल्सिना

काठमाडौ. १५ पुस । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने सदस्यहरुलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन अपिल गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले पुस १७ गते राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठक बस्ने र त्यसको निम्ति बिहीबार राष्ट्रिय सभा सदस्यको कोरोना परीक्षणको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

१७ गतेको बैठकको निम्ति संघीय संसद सचिवालयले स्वास्थ्य मापदण्ड पुरा गरी आवश्यक तयारी गरेको पनि अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । संसद भित्रको तयारीले मात्रै कोरोना संक्रमण रोक्न पर्याप्त नहुने भन्दै उहाँले सम्पूर्ण सदस्यहरुलाई बैठक अवधिभर बाहिरी गतिविधिमा जाँदा सावधानी अपनाउन आग्रह गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा सदस्य बाहेक बैठक स्थलमा प्रवेश गर्ने सुरक्षाकर्मी, पत्रकार, कर्मचारी लगायत सबैलाई पनि सर्तकता अपनाउन अनुरोध गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभा अधिवेशन पुस १७ गते अपरान्ह ४ बजे आव्हान भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);