धनगढी, १४ पुष । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरालाई पद मुक्त गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गर्नुभएको छ ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्था अनुसार पदमुक्त गरिएको जानकारी दिनुभयो ।
बोहरा प्रदेश सरकारमा केपि ओली पक्षधर मन्त्री हुन् । केन्द्रमा भएको विभाजन अनुसार प्रदेशमा प्रचण्ड माधव पक्षको स्पष्ट बहुमत रहेको छ ।