एजेन्सी, १३ पुष । चीनको लियाउनिङ प्रान्तमा एक ब्यक्तिको चक्कु प्रहारबाट ७ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।
लियाउनिङ प्रान्तको काइयुआन शहरको एक विद्यालय बाहिर अज्ञात व्यक्तिले चक्कु प्रहार गर्दा उक्त घटना हुन पुगेको हो ।
मृत्यु हुनेमा अधिकांश महिला रहेका छन् । मानसिक रोगीले बदला लिन चक्कु प्रहार गरेको हुन सक्ने बताइएको छ ।
घटनामा संलग्नलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकका संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।