कञ्चनपुरमा अध्यक्ष ओली र प्रचण्ड–नेपाल समूहबीच झडप | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

कञ्चनपुरमा अध्यक्ष ओली र प्रचण्ड–नेपाल समूहबीच झडप

कञ्चनपुर, १२ पुष । कञ्चनपुरमा नेकपाका २ समूहबीच हात हालाहाल भएको छ । नेकपाका अध्यक्ष केपी ओली र प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताबीच आइतबार पार्टी कार्यालयमै हात हालाहाल भएको हो ।

ओली पक्षले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि प्रचण्ड–नेपाल समूहले ताला तोड्ने प्रयास गरेपछि हात हालाहालको अवस्था सिर्जना भएको हो ।

पार्टी कार्यालय परिसरको अवस्था तनावग्रस्त भएपछि स्थानीय प्रशासनले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाको नेतृत्वमा प्रहरी परिचालन गरिएको जनाएको छ ।

प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालयमै भेलाको आयोजना गरेको भन्दै ओली पक्ष विरोधमा उत्रिएको थियो । अहिले पनि दुवै पक्षका नेता कार्यकर्ताबीच वादविवाद भइरहेको छ। उनीहरुले पार्टी कार्यालय आ–आफ्नो भएको दाबी गर्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);