विभाजनमा व्यस्त नेकपा नेतालाई नेता प्रदीप नेपालको सल्लाह | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

विभाजनमा व्यस्त नेकपा नेतालाई नेता प्रदीप नेपालको सल्लाह

काठमाडौं, ११ पुष । काठमाडौं । नेकपा नेता प्रदीप नेपालले जनताको बहुदलीय जनवाद नै नेपालको माक्र्सवाद भएको बताउनुभएको छ ।

पछिल्लो समय विभाजनको संघारमा रहेको सत्तारुढ नेकपामा सिद्धान्तको बहस पनि चर्किइरहेको छ । पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद जबजलाई मान्ने कि एक्काइसौं शताब्दीको जनवादलाई मान्ने भन्नेमा समेत पार्टीभित्र मतभेद देखिन्छ ।

यहीबीच नेकपामा बौद्धिक नेताको छवि बनाउनुभएका नेता प्रदीप नेपालले खुलेर जबजको पक्षमा आफ्नो मत राख्नुभएको छ । पछिल्लो समय मुलधारको राजनीतिबाट टाढा रहनुभएका नेता नेपालले सामाजिक सञ्जालमार्फत नेपालको माक्र्सवाद नै जनताको बहुदलीय जनवाद रहेको बताउनुभएको हो ।

जननेता मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त जबज अनुसार अगाडि बढनु नै नेपालका सबै वामपन्थीहरुका लागि हितकर रहेको उहाँको भनाई छ । यस्तै उहाँले अन्ततः सबै कम्युनिष्टहरुले जनताको बहुदलीय जनवादलाई नै स्वीकार्नु पर्ने भएकाले अहिले विवाद र गालीगलौज गर्नु निरर्थक रहेको विचार राख्नुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);