नेकपाको नयाँ प्रवक्तामा प्रदिप ज्ञावली | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

नेकपाको नयाँ प्रवक्तामा प्रदिप ज्ञावली

pradeep gyawali

काठमाडौं, ७ पुष । नेकपाले पार्टीको नयाँं प्रवक्ता तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले प्रदिप ज्ञावलीलाई नयाँं प्रवक्ता तोकेको हो।

यस अघिका प्रवक्ता नारायाणकाजी श्रेष्ठले पार्टीको औपचारिक धारणा बोकेर हिड्न नसकेको आरोप लगाउदै उहाँलाई सो जिम्मेवारीबाट मुक्त गरिएको बालुवाटार स्रोतले बतायो।

ज्ञावली नेपाल सरकारका समेत प्रवक्ता हुनुहुन्छ। उहाँ नेकपा स्थायी समितिका सदस्य समेत हुनुहुन्छ। बैठकले बुधबार प्रदेशस्तरमा सभा गर्ने निर्णय गरेको छ।

Leave a Reply