काठमाडौं, ४ पुष । उद्योगीहरुबाट भुक्तानी माग गर्दे काठमाडौंमा उखु किसानहरुको आन्लोलन एक हप्तादेखि जारी छ । आफुहरुको माग सरकारले सम्बोधन नगरेको भन्दै उखु किसानहरु आक्रोशित भइरहेको बेला सरकारले माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरको छ ।
पुसको महिना र काठमाडौको चिसोको परवाह नगरी विगत एक हप्तादेखि उखु किसान आन्दोलनमा छन् । उनीहरुको आन्दोलन कुनै पार्टी समर्पित आन्दोलन होईन । माईतीघरको चिसो सडकमा बसेर आफुले दुख गरेर लगाएको उखुको भुक्तानी पाउँ भन्दै उनिहरुले शान्तीपुर्ण आन्दोलन गरीरहेका छन् ।
तर निरन्तर आश्वासन मात्र पाईरहेका उनिहरु यस पटक भने माग पुरा नभई नजाने अडानमा छन् । आन्दोलनकारी किसानलाई सम्बोधन गर्न शुक्रबार उद्योग मन्त्री लेखराज भट्ट माईतीघर पुग्नुभएको थियो । उहाँले किसानहरुको मागलाई आफुहरुले संबोधन गर्ने प्रतिबद्धता ब्यक्त समेत गर्नूभयो ।