वन व्यवस्थापनमा भ्रष्टाचार गर्नेलाई कारवाही गर्न समितिले अख्तियारलाई पत्राचार गर्ने | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

वन व्यवस्थापनमा भ्रष्टाचार गर्नेलाई कारवाही गर्न समितिले अख्तियारलाई पत्राचार गर्ने

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि समेत खारेज

काठमाडौं, २ पुष । सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भ्रष्टाचार गर्ने वन अधिकृतहरुलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको समितिको बैठकले विभिन्न पदमा रहेका वन कर्मचारीलाई कारवाही गर्न अख्तियारलाई पत्राचार गर्ने निर्णय गरेको हो । यसैगरी समितिले संरक्षित क्षेत्रमा लागु भएको वैज्ञानिक वन व्यवस्थापन कार्यविधि समेत खारेज गर्ने निर्णय गरेको छ ।

समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले प्रतिवेदनमा दोषि किटान भएका पदाधिकारीहरुलाई करवाही गर्न सिफारिस गरिएको जानकारी दिनुुभयो ।

बैठकले काटिएका रुखलाई अनलाईन बोलपत्र आह्वान गरी विक्रि वितरण गर्न पनि निर्देशन दिएको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा आर्थिक अनियमितता र भ्रष्टाचार भएको उजुरी परेपछि सार्वजनिक लेखा समितिले उपसमिति बनाएर स्थलगत अध्ययन गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);