सिंहदरबार प्रवेश गर्ने कर्मचारीको पोशाक जाँच | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

सिंहदरबार प्रवेश गर्ने कर्मचारीको पोशाक जाँच

काठमाडौं, १ पुष । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोशाक नलगाएको भन्दै चेकजाँच गरेको छ । सतर्कता केन्द्रले बुधबार सिंहदरबारको पूर्वी द्धारमा कर्मचारीहरुले पोशाक लगाए नलगाएको सम्बन्धमा चेकजाँच गरेको हो ।

सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णप्रसाद अधिकारीले विहान ९ बजेदेखि नै चेकजाँच गरिएको बताउनुभयो । अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएपछि सचेत गराउन चेकजाँच गरेको अधिकारीले बताउनुभयो । उहाँले सिंहदरबार भित्र काम गर्ने कर्मचारी र बाहिरबाट काम लिएर आउने कर्मचारी सबैले पोशाक लगाए नलगाएको जाँच गरिएको बताउनुभयो ।

अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएको पनि उहाँले बताउनुभयो । पोशाक नलगाउने कर्मचारीलाई सचेत गराई प्रवेश गर्न दिइएको पनि डिएसपी अधिकारीले बताउनुभयो ।

सरकारी कर्मचारीले पोशाक भत्ता बापत रकम लिने तर पोशाक नै नलगाउने गरेपछि अनुगमन गर्नुपरेको डिएसपी अधिकारीले बताउनुभयो । अवदेखि नियमित रुपमा छड्के जाँच गरिने पनि उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);