विशेष अदालतद्वारा अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न आदेश | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

विशेष अदालतद्वारा अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न आदेश

bishes adhalat

काठमाडौं, २९ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्नेतलाई विशेष अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको छ । आइतबार विशेष अदालत काठमाडौंमा भएको थुनछेक बहस पछि बस्नेतलाई थुनामा पठाउन आदेश दिएको हो ।

मुद्दा दर्ता भएको १० महिनापछि बस्नेत बयानका लागि आफै अदालतमा उपस्थित हुनुभएको थियो । बस्नेतले आफ्नो तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र रमनकुमार श्रेष्ठ लागयतका कानून व्यवासयीहरुलाई लगाउनुभएको थियो । विशेष अदालतका प्रवक्ता तथा उपरजिष्ट्रार पुष्पराज पाण्डेले न्यायाधीशत्रय प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्नेतलाई थुनामा पठाउने आदेश दिएको बताउनुभयो ।

तत्काल प्राप्त प्रमाणबाट बस्नेत आरोपित पुष्टि हुने देखिएकोले थुनामा पठाउने आदेश भएको प्रवक्ता पाण्डेले बताउनभयो । तत्कालिन समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेको बेला ललिता निवासको जग्गा हिनामिना गर्न सहयोग गरेको भन्दै अख्तियारले पूर्व प्रमुख आयुक्त बस्नेतलाई विशेष अदालत काठमाडौंमा गत वर्ष माघ २२ गते मुद्दा दायर गरेको थियो ।

अख्तियारले बस्नेत सहित १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको मध्ये भूतपर्व उपप्रधानमन्त्री र तीन पूर्वमन्त्री समेत रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);