काठमाडौं, २८ मंसिर । पछिल्लो २४ घन्टामा १५ सय संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १६ सय ९८ पुगेकाे छ ।