कलंकीमा भयानक दुर्घटना : एक जनाको मृत्यु, ४ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

कलंकीमा भयानक दुर्घटना : एक जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं, २६ मंसिर । काठमाडौंको कलंकीमा शुक्रबार साँझ भयानक सवारी दुर्घटना भएको छ । कलंकीस्थित रंजित कोलोनीमा कंटेनर ट्रकको ब्रेक फेल हुँदा दुर्घटना भएको हो ।

२ ०३००१ ख १४२० नम्बरको ट्रक ६ वटा गाडीलाई ठक्कर दिएपछि अन्तिममा एक घरमा ठोक्किएको थियो । सो घटनामा ४ जना घाइते भएका छन्।

हेटौँडाबाट सिमेन्ट लिएर सुकेधारातर्फ जाने क्रममा ट्रक ढुङ्गेअड्डा–कलंकी क्षेत्रमा अनियन्त्रित भएको थियो ।

सो ट्रकले एउटा ट्याक्सी, एउटा पिकअप भ्यान, एउटा बस, एउटा मोटरसाइकल, एउटा स्कुटर र साइकललाई समेत ठक्कर दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);