एजेन्सी, २५ मंसिर । क्यानडाले फाइजर–बायोएनटेकको कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । योसँगै खोप स्वीकृत गर्ने क्यानडा विश्वको दोस्रो देश बनेको छ ।
खोप उत्पादन गरिरहेको अमेरिकी कम्पनीले खोपबारे लगातार सूचना दिनु पर्ने शर्तसहित क्यानडाको स्वास्थ्य नियामक निकायले फाइजरको खोपलाई स्वीकृति प्रदान गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
यसअघि सो खोपलाई स्वीकृति प्रदान गरेको बेलायतमा खोप लगाउने अभियान गत मंगलबारबाटै शुरु भइसकेको छ ।अमेरिकाले पनि आउँदो हप्तासम्ममा उक्त खोपलाई स्वीकृति दिनसक्ने जनाइएको छ । यो महिनामा खोपको दुई लाख ४९ हजार डोज पाउने अपेक्षा क्यानडाको छ ।