विप्लव समूह र सडक आन्दोलनको समीक्षा गर्दै सुरक्षा समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

विप्लव समूह र सडक आन्दोलनको समीक्षा गर्दै सुरक्षा समितिको बैठक

काठमाडौं, २४ मंसिर । प्रतिबन्धित नेत्र विक्रम चन्द समूह र पछिल्लो समय राजतन्त्र फर्काउने नाममा भैरहेको गतिविधि समीक्षा गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा सुरक्षा प्रमुखहरुसहितको बैठक बसेको हो ।

मंगलबार मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको चन्द समूहबाट भएको हत्या लगायतका विषयमा समीक्षा गर्न बैठक बसेको हो ।

यस्तै पछिल्लो समय उपत्यकासहित देशका विभिन्न सहरहरुमा संघीयता,गणतन्त्र तथा धर्म निरपेक्षताको खारेजीको माग गर्दै राजावादी समूहहरु प्रदर्शनमा सक्रिय छन् ।

राजावादीको आवरणमा भैरहेको गतिविधिलाई लिएर मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरुसँग सर्वदलीय छलफल समेत गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);