राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिदा आर्थिक विकासको गति कमजोर : नेता नेपाल | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिदा आर्थिक विकासको गति कमजोर : नेता नेपाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिदा आर्थिक विकासको गति कमजोर भएको बताउनुभएको छ । नवप्रवर्तन उद्योगहरुमा पूँजीको व्यवस्थापन र बजारको पहुँच विकास गर्न सरकारले सहयोग गर्नुपर्ने बेला आएको पनि पूर्वप्रधानमन्त्री नेपालले बताउनुभयो ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नवप्रवर्तन उद्योगहरुलाई उत्पादनसँग जोडेर अगाडि बढ्ने विषयमा राज्यले तालमेल मिलाउन नसकेको पनि बताउनुभयो । साना तथा घरेलु उद्यमीहरुलाई प्रोत्साहन गर्ने कुरामा राज्यले जिम्मेवारी लिनुपर्ने समेत उहाँले बताउनुभयो । कृषि उत्पादनमा राज्यले सहयोग गरी बजारमा सुपथ मूल्यमा वस्तु पु¥याउने विषयमा समेत राज्यले ध्यान दिनुपर्नेमा नेपालले जोड दिनुभयो ।

नवप्रवर्तन उद्योगहरुमा पूँजीको परिचालन गरी उत्पादन बढाउँदै आयातित वस्तुहरुलाई विस्थापित गर्ने तर्फ अर्थतन्त्रलाई उन्मुख गर्नुपर्ने उहाँको भनाई छ । यसबाहेक नागरिकस्तरमा स्वदेशी वस्तुको उपभोग गर्नुपर्छ भन्ने भावना जाग्रित गर्न समेत सकरारले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

नवप्रवर्तन उद्योगको पूँजी र बजारलाई एकसाथ व्यवस्थापन गर्ने कुरामा राज्यको सहयोग अपरिहार्य भएको पनि पूर्वप्रधानमन्त्री नेपालले बताउनुभयो । नेपालको अर्थतन्त्रको प्रमुख आधार कृषि भएकोले त्यसमा आधारित उद्योग व्यवसायको प्रवर्धनमा जोड दिनुपर्ने पनि उहाँको भनाई छ । जनसंख्याको सबैभन्दा ठूलो हिस्सा अहिलेपनि कृषिमा निर्भर रहेकोले कृषिमा आधारित अर्थतन्त्रलाई नै प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

किसानले उत्पादन गरेका सबै वस्तुको विक्री हुने ज्ञारेन्टी सरकारले लिएमा व्यवसायिक कृषि उत्पादन तर्फ युवाहरुको आकर्षण बढ्ने पनि पूर्वप्रधानमन्त्री नेपालले बताउनुभयो । यसबाट रोजगारी बढ्न गई देशको अर्थतन्त्रले गति लिने विश्वास पनि व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);