चितवन, १६ असोज । बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएकी अन्दाजी २५ वर्षीया एलु चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
बिहान आठ, नौजना साथी मिलेर निउरो टिप्न जंगलमा गएकामा एकजनालाई बाघले आक्रमण गरेपछि अरुले भागेर ज्यान जोगाएका थिए ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले बाघको आक्रमणबाट महिलाको मृत्यु भएको जानकारी आएपछि अहिले हात्तीसहितको नेपाली सेना र निकुञ्जको टोली घटनास्थलमा पठाएका थिए ।
उक्त निकुञ्जका अनुसार गएको आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट १३ जनाले ज्यान गुमाएका छन् ।