कार्यकक्षमा मोबिल छर्केको आरोपमा दुई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

चितवन, १६ असोज ।  रत्ननगर नगरपालिकाका इञ्जिनियर प्रकाशचन्द्र ढुंगानालाई कार्यकक्षमा मोबिल छर्केको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला सचिवालय सदस्य नारायण न्यौपाने र सोही पार्टीका अर्का कार्यकर्ता सुशील कोइराला पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इन्जिनियर ढुंगानाले परियोजना र संस्थागत बजेट पारिदिने नाममा कमिसन खाने गरेको, जग्गा र बाटोको सिफारिस गरेबापत सेवाग्राहीबाट कमिसन लिने गरेको लगायतका आरोप लगाउदै गत असोज १ गते ढुंगानालाई चार÷पाँचजनाको समूहले कार्यकक्षमा नै मोबिलछर्केका थिए । प्रहरीका अनुसार अन्य व्यक्तिहरुको भने खोजी भइरहेका छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);