दशैँ मान्न घर गएका फर्कन थालेपछि राजधानीमा बढयो चहलपहल | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८३, सोमबार

 

काठमाडौं, १६ असोज । दशैँ मनाउन घर गएका फर्कन थालेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ । मंगलबारदेखि सरकारी कार्यालय खुल्ने भएकाले काठमाडौं भित्रने यात्रुको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

सडकमा गाडीको संख्या बढ्न थालेको छ भने मुख्य चोकमा केही समय पालो पर्खनुपर्ने अवस्था छ । गएको २४ घण्टामा ४९ हजार १० जना यात्रु काठमाडौं भित्रिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आजदेखि काठमाडौ भित्रने यात्रुको संख्या ७० हजार नाघ्ने ट्राफिक प्रहरीको अनुमान छ।