आलिताल गाउँपालिकामा अझै विद्युत विस्तार हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

आलिताल गाउँपालिकामा अझै विद्युत विस्तार हुन सकेन


डडेल्धुरा,९ मंसिर। डडेल्धुराको आलिताल गाउँपालिका वडा नं १ वनतालका स्थानीय अझै पनि परम्परागत प्रविधिमा आधारित छन । अहिले पनि तेलका लागि परम्परागत घरेलु प्रविधि कोलकै प्रयोग गर्न स्थानीय बाध्य छन् । जिल्लामा विद्युतीकरण नहुदा परम्परागत घरेलु मेसिन कोलको प्रयोग अझै भइरहेको हो ।

डडेल्धुरामा विभिन्न किसिमका अमिलो, उखु, तोरी, चिउरी पेल्नकालागि गाउँमा निर्विकल्प घरेलु मेसिनका रूपमा रहेको कोलको प्रयोग भइरहेको छ । विद्युत् लाइन विस्तार नहुँदा त्यहाँका स्थानीयले अमिलो, तोरी, चिउरी पेल्न अझै पनि परम्परागत कोलकै प्रयोग गर्ने गरेका छन ।

जिल्लाको ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युतीय मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएका छन । तर, गाङ्खेत क्षेत्रका स्थानीय भने अहिले पनि परम्परागत कोलको प्रयोग गर्न बाध्य छन् । कोलमा तेल पेल्नकालागि बढी जनशक्ति र शारीरिक श्रम बढी लाग्ने भएकाले दुख हुने गरेको स्थानीयको भनाई छ।

यो क्षेत्रमा अझैं पनि विद्युत विस्तार हुन सकेको छैन । जनप्रतिनिधिहरुले पनि विद्युत सेवा विस्तारकालागि ध्यान नदिएको स्थानीयको गुनासो छ । विद्युत सेवा नहुँदा एक जनाले गर्न सक्ने काम अहिले घरका सबै परिवार आएर पसिना बगाउँदै ‘कोल’को प्रयोग गरी तल पेल्नु परेको स्थानीयको दुखेसो छ ।

विद्युत् नभएका जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् बिस्तारकोलागि स्थानीय तह र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराले ध्यान दिनु आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);