कृषिमा बढ्दो युवा आर्कषण | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

कृषिमा बढ्दो युवा आर्कषण


गुल्मी,८ मंसिर। कुनै समय बिदेशलाई कर्मथलो र घर खर्च चलाउने गतिलो आम्दानी स्रोत बनाई बिदेश जान गुल्मीका युवाहरुको लर्को नै लाग्ने गरेको थियो । तर अहिले समयसगँै युवाहरुमा सोच बदलिन थालेको छ र युवाहरुले बिस्तारै कृषि क्रान्ति गर्न थालेका छन् ।

गुल्मीको छत्रकोट गाउँपालिका वडा नं १ हुगाँका धेरै जसो स्थानियहरु कृषिमा क्रान्ति गरिरहेका छन् । अहिले युवाहरु पनि गाउँमै कृषि कर्म गरि दैनिकि चलाउन थालेका छन् । केहि बर्ष अघि सम्म र बनमारा पलाएका बाँझाबारी र कान्लाहरुमा यतिबेला तरकारी फलिरहेका छन् । । १० रोपनी जग्गामा २०७० सालदेखि पशुपालन तथा कृषि व्यवसायलाई व्यवसायिक रुपमा थाल्नु भएका दान बहादुर पल्ली गाउँकै एक मेहेनेती र पौरखी कृषकको रुपमा परिचित बन्नु भएको छ ।

प्रदेश सरकाले २०७५ सालमा उहाँलाई कच्ची टनेलकोलागी ४ लाख र खोर सुधारकोलागि ४ लाख गरी ८ लाख अनुदान दिएको छ । छत्रकोट गाउँपालिकाले खोर सुधार, हाते ट्याक्टर, टनेल लगाएत कृषिमा आवश्यक सामाग्री दिई कृषकलाई सहुलियत दिएको गाउँपालिकाले जनाएको छ।

यस बर्ष गाउँपालिकाले छत्रकोट १ हुगाँमा साढे ३ सय घरमा धारा निर्माण गर्ने भएको छ । हाल सम्म ९० धारामा पानी पुगिसकेको छ ।

खानेपानीको अभाबले सिँचाइकालागि आकाशे पानी संकलन बाहेक अरु उपाय नभएका कृषकलाई लिफ्टको माध्यमबाट पानीको ब्याबस्था गरी सिचाँईमा सहुलियत दिन जरुरी छ । कृषकलाई आकाशे पानि पर्खिएर बस्नु पर्ने समस्या समयमै हट्न सके कृषि क्षेत्रले फड्को मार्ने निश्चीत छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);