पाल्पामा गाई बचाउ अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

पाल्पामा गाई बचाउ अभियान सुरु

पाल्पा,३० कार्तिक। हिन्दुधर्माबलीहरुको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको राष्ट्रिय जनावर गाईको संरक्षणका लागि पाल्पामा पहिलो पटक गाई बचाउ अभियान सुरु गरिएको छ । कालीगण्डकी नदीको तातोपानी घाटमा गौशाला निर्माण गरी पाल्पामा गाइ संरक्षण अभियान थाल्एिको हो ।

धार्मिक, सास्कृतिक र आर्वेदिक चिकीत्सा विज्ञानमा गाईको मल मुत्रको ठुलो महत्व छ । त्यसैगरी कृषि क्षेत्रमा समेत गाईको महत्व भएकोले मलमुत्रको उपयोग गर्ने उद्देश्यले पाल्पामा पहिलो पटक गौशालाको निर्माण गरिे गाईको व्यवस्थापन गर्न लागिएको हो । २ सय रोपनी भन्दा बढि क्षेत्रफलमा चरनको व्यवस्थापन सहित स्थानीय जातको गाईको संरक्षण थालिएको छ ।

परिसरमा वर पिपल तथा तुलसी रोपण गरी धार्मिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले गौशालाको निर्माण गरिएको छ । हिन्दुधर्मावलीहरुले भगवान लक्ष्मीको प्रतिकका रुपमा पुज्ने गाईको संरक्षण जिल्लामा पहिलो पटक रामपुर नगरले सुरु गरेको हो ।

पतन्जली योग पिठ हरीद्वारको ११ लाख र रामपुर नगरको ६५ लाख रुपैयाको लागतमा निर्मीत गौशालामा १ सय ४२ वटा साना ठुला गाईहरु राखिएको छ । कालीगण्डकी नदीको किनारामा निर्मित गौशालामा स्थानीय बासिन्दाहरुले गोवद्र्धन पहाडको प्रतिक समेत निर्माण गरेका छन् । मानिसको जन्म र मृत्यु पश्चात गाईको महत्व बढि भएकाले गाईको सेवामा आफुलाइ समर्पित गरेको स्थानीयहरुको भनाइ छ ।

नगरपालिकाको सहयोगमा नगर स्तरको गौशाला निर्माण भएपछि गाईको संरक्षण गरिएको र गाईको मल मुत्रलाइ विविधिकरण गरिने नगरपाललिकाले जनाएको छ ।

जिल्लामा पहिलो पटक निर्मित गौशाला सगंसगै यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्धन गर्न सकिने प्रशस्त संभावना छ । यस्ता कृयाकलापहरुमा प्रदेश र संघिय सरकारले समेत सहयोगका हातहरु फैलाए यस्ता गौशालाहरुको उचित व्यवस्थापन हुने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);