काठमाडौं, १४ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका ग्रहणका लागि शीतल निवास पुगेका छन् ।
शीतल निवासमा टीकाटालो सकिएपछि उनले आफ्नो बाबुको हातबाट बालकोटमा टीका लगाउने कार्यक्रम रहेको बताइएको छ । राष्ट्रपतिले सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम रहेको छ ।