मेस्सीको दुई गोलमा बार्सिलोनाको सहज जित | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

मेस्सीको दुई गोलमा बार्सिलोनाको सहज जित

एजेन्सी, २३ कार्तिक । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एक-एक गोल थपे । बेटिसका एन्टोनियो सानाब्रिया र लोरेन मोरानले एक एक गोल फर्काए ।

क्याम्प नाउमा डेम्बेलेले २२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा एन्टोनियोले गोल गर्दै बेटिसलाई १–१ गोलको बराबरीमा फर्काए ।

खेलको ४९ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका मेस्सीले सहजै गोल गर्दै टोलीको अग्रता ३–१ को बनाए ।

खेलको ७४ औं मिनेटमा बेटिसका मोरानले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए । तर, ८२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–२ को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई ५–२ को जित दिलाए ।

जितसँगै बार्सिलोनाले ७ खेलमा ११ अंक जोड्दै, तालिाको आठौं स्थानमा समेत उक्लिएको छ । बेटिस ९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);