तिहारमा १८ करोडको झिलिमिली बत्ती आयात | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

तिहारमा १८ करोडको झिलिमिली बत्ती आयात

काठमाडौं,२२ कार्तिक । तिहारमा झिलिमिली बत्तीको आयात कम भएकोे छ । तिहार आउन केही दिन बाँकी हुँदा झिलिमिलि बत्तीको आयातमा व्यवसायीहरु उदासिन देखिएका छन् ।

तिहारमा नेपालीहरुले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् । तर, यस पटक कोरोना कहरले गर्दा व्यापार धेरै नहुने भएकाले व्यवसायीहरु नयाँ विद्युतीय झिलिमिली बत्ति आयात धेरै नगर्ने मनस्थितिमा पुगेका हुन् ।

यसवर्षका लागि हालसम्म झण्डै १५ देखि १८ करोड रुपैयाँ बराबरको मात्र तिहार लक्षित विद्युतीय बत्ती आयात भएको नेपाल विद्युतीय व्यवसायी महासंघले बताएको छ । ईमाउण्टेनसगँ कुरा गदै विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन प्रसाद पौड्यालले गत वर्षको भन्दा यसवर्ष ४० प्रतिशत कम विद्युतीय बत्ती आयात भएको बताउनु भयो ।

यस वर्षको तिहार लक्षित बत्ती करिब १८ करोड रुपैयाँ जतिको आयात भएको पौड्यालले बताउनु भयो । गत वर्ष झण्डै ४० करोड रुपैयाँको विद्युतीय बत्ती आयात भएको थियो । महासंघका अनुसार आयात गर्नुपर्ने बत्ती आयात भइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);