नेपालमा कोरोना रिपोर्ट नेगेटिभ आउने तर विदेशमा परीक्षण गर्दा पोजेटिभ आएकोमा निगमद्वारा ध्यानकर्षण (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

काठमाडौं, २१ कार्तिक । नेपाल वायुसेवा निगमले एक विज्ञप्ती जारी गर्दै नेपालका कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुलाई ध्यानाकर्षण गराएको छ । नेपालमा गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आउने तर विदेशमा पुनः परीक्षण गर्दा पोजेटिभ आएको भन्दै निगमले ध्याकर्षण गराएको हो । निगमले उडान गर्ने गन्तव्यहरुमा यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मान्यता प्राप्त प्रयोगशालाबाट आरटी पीसीआर परीक्षण गरी ७२ घण्टाभित्रको रिपोर्टलाई मान्यता दिए पनि विगत केही दिनदेखि हङकङ, दुबई, नारिताजस्ता गन्तव्यहरुमा पीसीआर रिपोर्टका बाबजुद पनि त्यहाँ परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएको जनाएको छ ।

जसले गर्दा सम्बन्धित देशका निकायहरुले निगमलाई सचेत गराउनुका साथै कतिपय उडानमा रोकसमेत लगाएकाले निगमलाई आर्थिक तथा प्रतिष्ठाको दृष्टिले ठूलो नोक्सानी पर्न गएको बताएको छ । विगत केही दिनदेखि हङकङ र दुबई विमानस्थलले कारबाही स्वरूप निगमको नियमित व्यावसायिक उडान नै रोकिदिएको छ । पछिल्लो केही दिनयता हङकङ, दुबई, जापानको नारितालगायतका गन्तव्यमा नेपालबाट पीसीआर नेगेटिभ रिपोर्ट लिएर गएका यात्रुमा समेत सम्बन्धित ठाउँमा पुगेलगत्तै गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकाले निगमको उडान नै प्रभावित भएको नेपाल वायुसेवा निगमका सह–प्रवक्ता सुलेख मिश्रले बताउनुभयो ।

यस बिषयमा जापान, हङकङ, यूएईले गराएको ध्यानाकर्षणबारे तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जानकारी गराएको र निरन्तर सम्पर्कमा रहेको उहाँको भनाई छ । वायुसेवा निगमले अहिलेसम्म आफ्नो तर्फबाट भने कोरोना भाइरस संक्रमण फैलनसक्ने जोखिमबाट बच्न सरोकारवाला निकायले तयार पारेका प्रोटोकल कार्यान्वयनका लागि कुनै कसुर बाँकी नराखेको दाबी गरेको छ । यसअघि विदेशमा पुगेर यात्रुले पुनः कोरोना परीक्षणका लागि गरेको खर्चसमेत निगमले नै बेहोदै आएको थियो । अब निगम यस्तो जिम्मेवारीबाट भने पछि हटेको छ ।

निगमको यस्तो निर्णयपछि अब सम्बन्धित यात्रु आफैंले खर्च बेहोनुपर्ने भएको छ । हाल कार्यान्वयनमा रहेको हवाई उडान प्रोटोकल अनुसार नेपालबाट निगमले उडान भर्ने गन्तव्यमा पछिल्लो ७२ घण्टायताको कोरोना नेगेटिभ पीसीआर रिपोर्ट भएका व्यक्तिलाई मात्र हवाई यात्रा गर्न दिने प्रावधान छ । तर ७२ घण्टा भित्रमा गरिएका परिक्षण क्षणभरमा नै परिवर्तन हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको भनाई छ ।

कोरोना एउटा भाइरस भएकाले यसको कुनै निश्चित गर्न नसकिने उहाँको तर्क छ । तर नेपालमा गरिएको परीक्षण नेपाल सरकारबाट स्वीकृत ल्याबहरु प्रभावकारी भएको उहाँको जिकीर छ । पछिल्लो समय कोरोना प्रभावमा विश्व नै आतंकित छ । जसले बाहिरी उडानका लागी पीसीआर परीक्षणको झमेलामा आम मानिसहरु परिरहेका छन् । जसले नेपालमा रिपोर्ट नेगेटिभ देखाएपनि गन्तव्यमा पुगेपछि पोजेटिभ देखिएपछि यसको प्रत्यक्ष मारमा यात्रु पर्ने गरेका छन् भने नेपाल वायुसेवा निगम चिन्तित बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);