दशैँका बेला कञ्चनपुरमा एलपिजी ग्यासको अभाव | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

कञ्चनपुर,१२ असोज । दशैँकै बेला कञ्चनपुरमा खाना पकाउने एलपिजी ग्यासको अभाव भएको छ ।

खाना पकाउने ग्यासको चर्को अभाव भएपछि उपभोक्ता मर्कामा परेका छन् । शहरदेखि गाउँसम्मका अधिकांश उपभोक्ता खाना पकाउने ग्यास प्रयोग गर्दै आएका छन् । बजारका अधिकांश पसलमा धाउँदा पनि पाउन नसकेको स्थानीयको गुनासो छ । व्यवसायीहरुले भने ग्यास कम्पनीबाटै थोरै ग्यासका सिलिण्डर आउँदा उपभोक्ताले हैरानी खेप्नु परेको बताएका छन् । माग धेरै भए पनि माग अनुसार आपूर्ति नभएको व्यवसायीहरुको भनाइ छ ।

ग्यास व्यवसायीका अनुसार भारतको उत्तर प्रदेशस्थित बरौनी डिपोबाट एक ट्यांकर ग्यास बुलेट मात्रै आएको छ । जसमा एक हजार २ सय सिलिण्डरमा भर्न पुग्ने हुन्छ । एक हजार २ सय सिलिण्डरले दशैँको माग धान्न नसक्ने व्यवसायीको भनाइ छ । बरौनी रिफाइनरी सेन्टरमा सरसफाइ भइरहेकाले दुई सातासम्म ग्यास नपाइने भएको छ ।