अमेरिका निर्वाचन २०२०ः प्रारम्भिक नतिजा आउन सुरु, बाइडन र ट्रम्पबीच कडा प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

अमेरिका निर्वाचन २०२०ः प्रारम्भिक नतिजा आउन सुरु, बाइडन र ट्रम्पबीच कडा प्रतिस्पर्धा

एजेन्सी, १९ कार्तिक । अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतदान सम्पन्न भएसँगै मत गणनाको प्रारम्भिक नतिजा आउन सुरु भएको छ ।

प्रारम्भिक नतिजाहरुमा रिपब्लिकन उम्मेदवार बर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ । धेरैजसो क्षेत्रमा भने बाइडेन अगाडी देखिएका छन् । इलेक्टोरल कलेजमार्फत् त्यहाँ एक सय सिनेटर्स र ४ सय ३५ प्रतिनिधिसभा सदस्यसहित ५ सय ३५ सांसद निर्वाचित हुनेछन् ।

मतदान सम्पन्न भएलगत्तै अमेरिकामा मतगणना सुरु भएको हो । अहिले मतगणना जारी रहेका केन्टकी, टेनेसी, वेष्ट भर्जिनिया, आरकन्सो तथा ओक्लाहोमामा ट्रम्प अगाडि देखिनुभएको छन् ।

डेलावेयर, मेरील्याण्ड, म्यासाच्युसेट्स, न्यू जर्सी, न्यूयोर्क तथा डिस्ट्रिक अफ कोलम्बियामा बाइडेनको अग्रता छ । प्रारम्भिक गणनामा बाइडेन ८० भन्दा बढी र ट्रम्प ५० भन्दा बढी सिटमा अगाडि देखिनुभएको छ ।

मंगलबार मात्र झण्डै ६ करोड र त्यसअगावै १० करोड मतदाताले मतदान गरेको बताइएको छ । कतिपय निर्वाचन क्षेत्रका मतदाताले हुलाकमार्फत् मत हालेका छन् । त्यस्ता निर्वाचन क्षेत्रको मत संकलनका लागि केही समय लाग्ने ठानिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);