काठमाडौं, १६ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आइतबार पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामजी खड्काले पद तथा गोपनीयताको शपथ लिएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
शपथग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसमेतको सहभागिता रहेको थियो ।
![](https://i0.wp.com/emountaintv.com/ne/wp-content/uploads/2020/11/rajdut-sapath-press.jpg?resize=744%2C1024&ssl=1)