काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाबीच समझदारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

काठमाडौं, ११ असोज । टोखाको संस्कृति तथा सम्पदाको संरक्षण सम्बद्र्धन गर्दै काठमाडौं उपत्यका भित्रै बैकल्पिक प्राकृतिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्यको विकास गर्ने उद्देश्य साथ काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाबीच समझदारी भएको छ ।

विशेष गरेर टोकाको प्राचिन तथा ऐतिहासिक सम्पदाको संरक्षण सम्बद्र्धन गर्दै संस्कृतिलाई जोगाई राख्नुको साथै विशेष पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्य साथ दुई निकायबीच साझेदारी सम्झौता भएको हो । दुवै निकायले बुधबार संयुक्त रुपमा टोखामा विशेष कार्यक्रम गरि समझदारी अनुसार संस्कृति तथा सम्पदा संरक्षण र सम्वद्र्धनमा प्रतिवबद्धता जनाएका छन् । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले मुलुकको केन्द्रविन्दु काठमाडौं महानगरपालिका र उत्तरी छिमेकी प्राचीन नगर टोखा नगरपालिकाबीच सांस्कृति र पर्यटकीय भाईचारा विस्तारका लागि भएको समझदारीले दुवै स्थानीय निकाय जनस्तरमा दीर्घकालसम्मका लागि मजबुत बन्ने आधार निर्माण गरेको बताउए ।

मेयर शाक्यले महानगरले अहिले पनि १८ वटा नगरपालिकाको फोहर व्यवस्थापनको कार्यभार पुरा गरिरहेको भन्दै पुरानो भएकाले अभिभावकत्वको भुमिका सँधै निर्वाह गरिरहने प्रतिवद्धता जनाए ।

काठमाडांै महानगरपालिका र टोखा नगरपालिकाबीच टोखा नगरपालिका प्रवेश गर्ने सामाखुसी चोकमा उपत्यकाको मौलिक संस्कृति झल्कने द्धार बनाउने, विष्णुमति खोलाको दुवै छेउमा ग्रीनवेल्ट बनाउने, झोर महाकालस्थित जलेश्वर झरना जाने बाटो मर्मत गर्ने लगायत दश बुँदे कार्यसम्पादन सम्झौता भएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);