प्रधानमन्त्री र रअ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीतः नेकपा प्रवक्ता श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

प्रधानमन्त्री र रअ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीतः नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं, ९ कार्तिक । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ’रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट राजनीतिक र कूटनीतिक मर्यादाविपरीत भएको टिप्पणी गर्नु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत ओली र गोयलबीच भएको भेटबारे आफ्ना धारणा सार्वजनिक गर्दै श्रेष्ठले उक्त भेटराजनीतिक र कूटनीतिक मर्यादाविपरीत भएको टिप्पणी गर्नु भएको हो ।

देशका प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कूटनीतिक मर्यादाविपरीत समकक्षीझैं औपचारिक वार्ता गरेको नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यो पहिलो घटना भएको श्रेष्ठको भनाइ छ ।

नेपालको गुप्तचर संस्थाले गोयललाई बोलाएर प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेको भए मर्यादा अनुरुप हुने श्रेष्ठको धारणा छ । प्रधानमन्त्री ओली र गोयलबीच भएको भेटबारे सत्तारुढ नेकपालाई केही जानकारी नभएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

गोयललाई भारत सरकारले विशेष दूतका रूपमा पठाएकोबारे पनि कुनै जानकारी प्रधानमन्त्रीको तहबाट नआएको श्रेष्ठको भनाइ छ । यस प्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओज गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने प्रवक्ता श्रेष्ठले उल्लख गर्नु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);