काठमाडौँ, ११ असोज । राष्ट्र बैंकले दसैँको बिदामा पनि बैंक तथा वित्तीय संस्था खुला गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकको निर्देशन अनुसार बैंक बिहीबार घटस्थापनाको दिन पनि खोलिएको थियो । ११ गते फूलपाती, १२ गते महाष्टमी, १५ गते एकादशी र १६ गते द्वादशीका दिन पनि बैंकहरु खुल्ला रहने छन् ।
दसैँमा सानिमा बैंकले बिहान ११ बजेदेखि २ बजेसम्म खुल्ला रहने छ भने बंगलादेश बैंकको देशभरिकै शाखा ११ बजेदेखि १ बजेसम्म खोल्ने भएको छ ।
त्यसतै मेगा, सानिमा, एनआईसी एसिया, प्रभु, एभरेष्ट, सिटिजन, नेपाल इन्भेष्टमेन्ट लगायतका बैंकले निश्चित अवधिभर निश्चित शाखाबाट ग्राहकलाई सेवा दिने कार्य तालिका बनाएका छन् ।
राष्ट्र बैंकले जनाए अनुसार बैंक तथा वित्तीय संस्था १३ गते महानवमी र १४ गते विजयादशीको दिन मात्र पूर्ण बन्द रहने छ ।