बुधबार नेप्से १३ अंकले बढ्यो,कारोबार १ अर्ब बढी | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०८१, बिहीबार

बुधबार नेप्से १३ अंकले बढ्यो,कारोबार १ अर्ब बढी

काठमाडौं, ५ कार्तिक । साताको चौथो दिन बुधबार नेप्से १३ दशमलव ९४ अंकले बढेर १,५९७ दशमलव ७१ को विन्दुमा कायम भएको छ । होटल, हाईड्रोपावर, फाइनान्स र उत्पादनमूलक क्षेत्र बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा १ सय ९२ कम्पनीको ५५ लाख ९ हजार ४ सय ४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

एनआईसी एशिया बैंकको २४ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । कुमारी बैंकको ८ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।जनरल इन्स्योरेन्सका लगानीकर्ताले आज ९ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, नेपाल हाईड्रो डेभलपरका लगानीकर्ताले ४ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् ।

नेपाल फाइनान्सका लगानीकर्ताले ५ दशमलव ०५ प्रतिशतका दरले गुमाएका छन् भने खानीखोला हाईड्रोपावरका लगानीकर्ताले ४ दशमलव ७२ प्रतिशतका दरले गुमाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);