काठमाडौं,३ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २००८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ गरी जम्मा २३८८ जना संक्रमित थपिएका छन् ।
यसअघि आइतबार (हिजो) काठमाडौंमा १४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० गरी जम्मा १६९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।