काठमाडौँ, ११ असोज । मुस्ताङको स्याउ बागलुङमा महँगोमा बिक्री भइरहेको खबर छ ।
यातायातका साधन नचल्दा खच्चरमा बोकाएर ढुवानी गर्नुपरेकाले स्याउको भाउ बढेको हो ।
व्यवसायीले मुस्ताङ स्याउ बागलुङमा प्रतिकेजी १ सय ८० रुपैयाँसम्म बिक्री गरेका छन् ।
मुस्ताङका किसानले प्रतिकेजी ६० देखि ७० रुपैयाँमा बिक्री गरे पनि ढुवानीको समस्याले मूल्य बढेको हो ।
चिनियाँ स्याउ पनि १ सय ८० रुपैयाँ किलोमा विक्री भएको छ ।
यात्रु बोक्ने सवारी नियमित गएपनि सामान ढुवानीका लागि ठूला ट्रक जान नसक्ने भएकाले मुल्य बढि परेको व्यवसायीको भनाई छ ।
आजको कान्तिपुरमा प्रकाशित ।