पाल्पा अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

पाल्पा अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द

पाल्पा, २ कार्तिक । पाल्पा अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालका दुई डाक्टरसहित कार्यालय सहयोगी र सुरक्षाकर्मीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेका सबै सेवाहरु बन्द गरिएको हो ।

अस्पतालले एक सूचना जारी गर्दै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले आकस्मिकबाहेकको सेवा बन्द गरिएको जनाएको छ ।

असोज २७ गते अस्पतालबाट कर्मचारी, बिरामीसहित ९ जनाको स्वाब पिसीआर परीक्षणका लागि पठाइएकोमा ७ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमितमध्ये ४ जना अस्पतालका कर्मचारी र अन्य ३ जना उपचाररत बिरामी रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);