पर्सा, २९ असोज । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत रहेको पोखरी सरसफाई तथा पुन निर्माण मनमानी ढंगले भएको भन्दै स्थानियले विरोध गरेका छन् ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत रहेको पोखरी सरसफाई तथा सौन्दर्यकरण कार्यक्रम अन्तर्गत पर्साको छिपहरमाई गाउँपालिका वार्ड नं- ४ तुल्सीबर्वामा रहेको छिपहरमाई पोखरी सरसफाई तथा पुन निर्माण कार्यमा दुई नं इटा प्रयोग गरेकोम तथा मनमानी ढंगले कार्य भएको भन्दै स्थानियले विरोध गरेका छन् ।
सरसाफाई तथा सौन्दर्यकरणका ठेका रंजन जे.भी. ठेकदार क्षेत्र नम्बर ४ (ख) को प्रदेश सांसद सिंहासन साह कलवारले करिब ७ करोडको लागतमा निर्माण कार्यको ठेका लिएका थियो ।
ठेक्दारले आफ्नो मनपरी ढंगले पोखरी सरसफाइ र सौन्दर्यकरण निर्माण कार्यमा अनियमित गरेको र निर्माण कार्यमा कमसल दुई नंबर ईटा र गूणस्तरहिन सिमेन्ट लगायत बालुवा प्रयोग गरेको भन्दै स्थानियहरु स्थलगत अनुमगन गरी विरोध गरेका छन् ।
बिना प्राबिधिक गुपचुप रुपमा निर्माण कार्य भइरहेकोले तुल्सीबर्वाको स्थानियहरुले विरोध गरेक स्थानियले जनाएका छन् । तुल्सिबर्वा बंजारीमा रहेको छिपहरमाई मंदिरको पोखरीमा दुई वर्षमा समपन हुने निर्माण कार्यमा पर्खाल लगाउने ईटा दुई नं रहेकोले स्थानियहरु बिरोध गरेका छन।
मुख्यमन्त्री स्वच्छता अभियान सरसफाइ तथा सौन्दर्यकरण कार्यको प्राबिधिक कार्यालय मुख्यमन्त्री कार्यालयमा रहेकोले समस्या भईरहेको छ ।प्राबिधिक कार्यालय बाट ईन्जिनियर र सब ईन्जिनियरहरु कहिले पनी यो योजना हेर्न आउदैन त्यसै कारण ठेक्दारले मनोपरि तरिकाले काम गरिरहेको स्थानियले गुनासे गरेका छन् ।