जम्मू–काश्मीरकी पूर्व मुख्यमन्त्री महबूबा १४ महिनापछि रिहा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

जम्मू–काश्मीरकी पूर्व मुख्यमन्त्री महबूबा १४ महिनापछि रिहा

एजेन्सी, २८ असोज । भारतको जम्मू–काश्मीरकी पूर्व मुख्यमन्त्री एवं पिडिपी अध्यक्ष महबूबा मुफ्ती १४ महिनापछि रिहा हुनुभएको छ ।

जम्मू–कश्मीर प्रशासनका प्रवक्ता रोहित कंसलले पिडिपी अध्यक्ष मुफ्तीलाई प्रशासनले रिहा गरेको बताउनुभएको हो ।

रिहा भएपछि वक्तव्य जारी गर्दै उहाँले ५ अगष्ट २०१९ कालो दिनको रुपमा आफूले लिएको बताउनुभएको छ । महबूबाले जम्मू कश्मीरको समस्या समाधानका लागि हजारौं मानिसले ज्यान दिएकाले यो संघर्षलाई जारी राख्ने बताउँदै देशका विभिन्न भागमा हिरासतमा राखिएका जम्मूकश्मीरका नागरिकको रिहाइका लागि पनि माग समेत गर्नुभएको छ ।

उहाँलाई गत वर्ष ४ अगष्टमा कश्मीरबाट अनुच्छेद ३७० हटाएपछि हिरासतमा लिइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);