काठमाडौँ,२७ असोज । आज शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ९.४२ अंकले घटेर एक हजार ५६८.५९ मा पुगेको छ । नेप्से ०.६० प्रतिशतले घटेको हो ।
यस्तै सेन्सेटिभ परिसूचक १.७० अंकले घटेर ३११.४१ मा पुगेको छ । कूल १९३ वटा कम्पनीको ६७ लाख ८२ हजार ९ सय ४७ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९ सय ७७ रुपैयाँको कारोबार भएको छ ।
स्टकका अनुसार मंगलबार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ३ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ९ वटा उपसमूहको शेयर घटेको छ । त्यसैगरी, मंगलबार कारोबार रकमको आधारमा अरुण काबेली पावरले अग्रता कायम गर्न सफल भएको छ । कम्पनीको ११ करोड २६ लाख २१ हजार ४ सय ७३ रूपैयाँ बराबरको कारोबार भएको छ ।