कोरोना भाइरस नोट र सिसामा २८ दिनसम्म बाँच्ने अस्ट्रेलियाली अनुसन्धानदाताको दावी | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

कोरोना भाइरस नोट र सिसामा २८ दिनसम्म बाँच्ने अस्ट्रेलियाली अनुसन्धानदाताको दावी

एजेन्सी, २६ असोज । कोरोना भाइरस नोट, सिसा र स्टिलमा २८ दिनसम्म बाँच्ने तथ्य पत्ता लगाएको अस्ट्रेलियाका अनुसन्धादाताले दाबी गरेका छन् । अस्ट्रेलियाका अनुसन्धादाताले सोमबार कोरोना भाइरस बैंक नोट, स्टिल र सिसामा २८ दिनसम्म बाँच्न सक्ने दावी गर्दै सरसफाइ र हात धुने कुरामा विशेष ध्यान सुझाव समेत दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसनका अनुसन्धादाताले २० डिग्री सेल्सियस तापक्रममा सार्स–कोभ–२ भाइरस २८ दिनसम्म सक्रिय रहने पत्ता लगाएका हुन् । प्लास्टिकका नोट, मोबाइलको स्क्रिनमा प्रयोग हुने सिसालगायतका नरम सतह हुने बस्तुमा भाइरस धेरै दिनसम्म सक्रिय हुने अध्ययनमा उल्लेख गरिएको छ ।

उक्त अध्ययन ‘भाइरोलोजी जर्नल’ मा प्रकाशित भएको छ । यस्ता सतहमा ‘इन्फ्लुएन्जा ए’ भाइरस भने १७ दिनसम्म बाँच्ने वैज्ञानिकहरुले उल्लेख गरेका छन् । यसअघि ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनमा भने कोरोना भाइरस सार्स–कोभ–२ नोट र सिसामा २ देखि तीनदिनसम्म र प्लास्टिक र स्टिलमा ६ दिनसम्म बाँच्ने बताइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);