उत्तर कोरियाका विरुद्ध सैनिक कारबाही गर्न नसक्नेः रुसी विदेशमन्त्री | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

एजेन्सी, १० असोज ।  रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले अमेरिकाले उत्तर कोरियाका विरुद्ध सैनिक कारबाही गर्न नसक्ने बताएका छन् ।
उत्तर कोरियाली आकाशहुँदै अमेरिकी युद्धपोत विमान उडेको भनिएको एक दिनपछि रुसको यसतो प्रतिक्रिया आएका अन्तराष्ट्रिय समाचार माध्यमले जनाएको छ ।

 

रुसी विदेशमन्त्री लाभरोभले उत्तर कोरियासँग सैनिक वा हतियारको कारबाहीभन्दा पनि वार्ताका माध्यमबाट पहुँच पुर्याउन सकिएमा मात्र समाधान सहज र चाँडो निस्किने बताउनुभयो । तर वार्ताको माध्यमलाई भने अमेरिकाले स्वीकार गरेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैमात्र उत्तर कोरियालाई ध्वस्त गर्ने धम्की दिएका थिए ।

 

उत्तर कोरियाले यसअघि पनि बारम्बार आणविक परीक्षण गरिरहेकोले त्यसका विरुद्धमा राष्ट्रपति ट्रम्पले सो धम्की दिएका थिए । उनले उत्तर कोरियाको आणविक बमको उत्तर शान्ति वार्ताले नभएर सैनिक कारबाही नै भएको बताएका छन् । यता अमेरिकाले दिएको सो धम्कीको विरुद्धमा उत्तर कोरियाले पुनः अर्काे आणविक परीक्षण गर्ने र सो परीक्षण हाइड्रोजन बम मिश्रित परीक्षण हुने समेत जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);