सरकार र डा.केसीको वार्ता सहमती नजिक | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

सरकार र डा.केसीको वार्ता सहमती नजिक

dr govinda kc

काठमाडौं, २३ असोज । सरकार र २६ दिनदेखि अनसनसत डा. गोविन्द केसीको वार्ता टोली सहमति नजिक पुगेको छ । बिहीबार शिक्षासचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको दुई टोलीबीच भएको छलफल सहमति नजिक पुगेको हो ।

वार्ताका क्रममा डा. केसीले अघि सारेका ६ बुँदे मागमा सहमति खोज्ने प्रयास भएको छ । कुनकुन मागमा सहमति जुट्यो, कुनमा जुट्न बाँकी छ भन्ने कुरा दुबै तर्फबाट स्पष्ट पार्न नखोजिएपनि सकारात्मक तवरबाट अगाडी बढेको र छिटै सहमति हुने जानकारी दिएका छन् ।

डा. क्षेत्री नेतृत्वको वार्ता टोलीले डा. केसीलाई भेटेर मन्त्रालयमा भएका छलफलबारे ब्रिफिङ गरिसकेको छ । आज पुन सरकारी टोली र डा. केसीबीच वार्ता गरेर सहमति गर्ने बताइएको छ ।

केसीले ६ बुँदे माग राखेर २९ भदौमा जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको बाबिरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गर्नुभएको थियो । ८ औं दिनमा काठमाडौं ल्याइएका उहाँले त्रिवि शिक्षण अस्पतालमा आफ्नो सत्याग्रहलाई निरन्तरता दिइरहनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);