सहकारीले आर्थिक कारोबारलाई डिजिटल सेवा दिँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

सहकारीले आर्थिक कारोबारलाई डिजिटल सेवा दिँदै

बाग्लुङ, २२ असोज । बाग्लुङको एक सहकारीले आर्थिक कारोबारलाई डिजिटल प्रणालीमा रुपान्तरण गरी सेवा दिन थालेको छ । बागलुङको सिवाईसी वचत तथा ऋण सहकारीले सदस्यहरुलाई छिटो, सरल, विश्वसनिय, उच्च स्तरिय सेवा दिने उदेश्यले आधुनिक सेवा संचालन गरेको हो ।

सहकारीले यसअघि रेमिट्यान्स सेवा, मोबाइल बैंकिङ, एटीएम, क्युआरकोड, मिस्डकल बैंकिङ सेवा, ट्यालेट बैंकिङ सेवा प्रदान गर्दै आएकोमा संस्थाले ई–टेलर सेवा सञ्चालनमा ल्याएको छ । ११ हजार ७ सय २४ सेयर सदस्य, २१ करोड ९८ लाख १८ हजार सेयर पुँजी, १ अर्ब २७ करोड ८० लाख बचत रहेको संस्थाले ९१ करोड ८ लाख ३ हजार ८ सय ६१ रुपैयाँ लगानी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);