काठमाडौं, २१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राप्रपा संयुक्तको एकीकरणलाई आयोगले वैधानिकता प्रदान गरेको हो ।
राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको बताउँदै यसबाट आफुहरु खुशी रहेको असभब्यक्ति दिनुभयो ।
२०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुनः एकीकृत भएको उहाँको भनाई छ । एकीकरणपछि अब राप्रपाको झण्डामा गाई रहने छ र चुनाव चिन्ह हलो हुने भएको छ ।