अमेरिकाले कम्युनिष्ट पार्टीको सदस्य रहेका व्यक्तिलाई ग्रिनकार्ड नदिने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

अमेरिकाले कम्युनिष्ट पार्टीको सदस्य रहेका व्यक्तिलाई ग्रिनकार्ड नदिने

एजेन्सी, १९ असोज । अमेरिकाले कम्युनिष्ट पार्टीको सदस्य रहेका व्यक्तिलाई ग्रिनकार्ड नदिने प्रष्ट गरेको छ । नागरिकता र आप्रवासीसम्बन्धि नीति पुनरावलोकन गर्दै अमेरिकी सरकारले सर्वसत्तावादी निरंकुश पार्टीका सदस्यहरुलाई रोक लगाइने जनाएको हो ।

युएस सिटिजन एण्ड इमिग्रेसन सर्भिसले कम्युनिष्ट वा सर्वसत्तावादी निरंकुश पार्टीका सदस्यलाई ग्रिनकार्डबारे सम्बोधन गर्न नयाँ निर्देशिका नै जारी गरेको छ । जसअनुसार आवेदक संलग्न पार्टी कम्युनिष्ट वा निरंकुश होइन भने ग्रिनकार्ड पाउन सक्ने भनिएको छ ।

आवेदक संलग्न पार्टी कम्युनिष्ट वा निरंकुश भएको ठहरिए ती पार्टीमा आवेदकको संलग्नता सदस्य स्तरको हो वा होइन हेरी सदस्यता स्तरको नभए ग्रिनकार्डका लागि योग्य मानिने जनाइएको छ । आवेदकको सदस्यता दुई बर्ष अगावै खारेज भइसकेको भए पनि ग्रिनकार्डका लागि योग्य हुनसक्ने व्यवस्था गरिएको छ । अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा नभएमा अमेरिकी ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीले पनि छुट पाउने भनिएको छ ।

आवेदक अमेरिकी नागरिकको बुबाआमा, दम्पत्ति, छोरा, छोरी, भाइ, बहिनी हो भने विगतमा कम्युनिष्ट वा निरंकुश पार्टीको सदस्य रहे पनि अमेरिकी ग्रिनकार्डका लागि छुट पाउन सक्नेछ । राष्ट्रिय सुरक्षामा खतरा भए नभएको निर्धारणका आधार भने उक्त व्यक्ति जासुस, आतंकवादी, सूचना सुरक्षामा जोखिमपूर्ण, जनस्वास्थ्यमा जोखिमपूर्ण, चुनाव सुरक्षामा जोखिमपूर्ण भए नभएकोलाई लिइनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);