काठमाडौं, १७ असोज । नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको १२ हजार ९ सय ७८ पीसीआर परीक्षणमा बिभिन्न जिल्लाका गरी २ हजार १ सय २० जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
यसैगरी काठमाडौँ उपत्यकामा शनिबार १ हजार १ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँका १ हजार १,ललितपुरका १सय ९ र भक्तपुरका ६७ जना रहेका छन् ।