नेपाल वायुसेवा निगमलाई धरासायी बनाउन खोजेको सांसदकाे आरोप | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

नेपाल वायुसेवा निगमलाई धरासायी बनाउन खोजेको सांसदकाे आरोप

काठमाडाैं, १५ असाेज । सांसदहरुले हिमालय एयरलाइन्सलाई ‘ग्राउण्ड ह्याण्डलिङ’ को जिम्मेवारी दिएर सरकारले नेपाल वायुसेवा निगमलाई धरासायी बनाउन खोजेको आरोप लगाएका छन् । निगमको मुख्य आयस्रोतका रुपमा रहेको ‘ग्राउण्ड ह्याण्डलिङ’ को जिम्मा खोसेर सरकारले हिमालय एयरलाइन्सलाई दिएको आरोप सांसदहरुको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बिहिबार भएको छलफलमा सांसदहरुले नेपाल वायु सेवा निगमको आयस्रोतको क्षेत्र ‘ग्राउण्ड ह्याण्डलिङ’ अरुलाई जिम्मा लगाउन नहुनेमा जोडदिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने हिमालयलाई आफ्नो ग्राउण्ड ह्याण्डलिङ आफै गर्न पाउने अधिकार मात्रै दिइएको उहाँले प्रष्ट पार्नुभयो ।

अहिलेपनि विभिन्न २६ वटा विमान कम्पनीहरुको जिम्मा नेपाल वायु सेवा निगमले नै लिएको उल्लेख गर्दै उहाँले त्यो खोस्ने कुनै कार्यक्रम र नीति नरहेको पनि बताउनुभयो । समिति सभापति पवित्रा निरौला खरेलले राज्यले सञ्चालन गरेका हरेक क्षेत्रको अवस्था दयनिय बनेको बताउनुभयो ।

राज्यले सञ्चालन गरेका क्षेत्रहरु कमजोर हुने, सिथिल बन्ने घाटामा जाने गरेको परिपाटीको अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);